क्रिकेट

त्रिकोणात्मक टी–२० सिरिजमा नामिबिया र नेदरल्याण्ड्सबिच आज प्रतिस्पर्धा

Banner

काठमाडौँ, फागुन २०–

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदै छ। खेल बिहान साढे ११ बजेबाट त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ। साथै आजकै खेलबाट सिरिजको अर्को फाइनलिस्ट टोली तय हुनेछ ।

शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएर फाइनल पुगिसकेको छ । चारमध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै सिरिजको फाइनलमा पुगेको हो । नेपाल र नेदरल्याण्ड्सको समान ४/४ अंक छ ।

तेस्रो स्थानमा रहेको नामिबिया र पहिलो स्थानमा रहेको नेदरल्याण्ड्समध्ये फाइनल पुग्ने टिमले मंगलबार नेपालसँग उपाधिका लागि भिड्नेछन् ।

यसैबिच नेपाल क्रिकेट संघ (क्यानले) आजको खेल दर्शकका लागि निःशुल्क हेर्न पाउने व्यवस्था गरेको जनाएको छ । त्रिवि मैदानमा खेल हेर्न आउने दर्शकले टिकट काट्न नपर्ने जानकारी क्यानले सामाजिक सञ्जालमार्फत गराइसकेको छ । यसअघिका भएको सिरिजको सबै खेल प्रत्यक्ष हेर्न दर्शकहरूले टिकट लिनुपर्ने व्यवस्था थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>