खेलकुद
नेपाललाई छैटौँ सफलता, प्रतिश, करण र कुशलले लिए २/२ विकेट
०

काठमाडौँ, फागुन १९-
टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले छैटौँ सफलता हासिल गरेको छ । कुशल मल्लले आर्यन दत्तलाई आउट गराएका हुन् ।
शून्य रन बनाएका उनी बोल्ड मल्लको बलमा बोल्ड भए । दुई बलमा मल्लको यो दोस्रो विकेट थियो ।
त्यस्तै पहिलो बलमा प्रतिश जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका हुन् ।
टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएको थियो । पहिलो ओभरमा करण केसीले चौथो र अन्तिम बलमा विकेट लिंदै सुखद सुरुआत गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























