अपराध

चितवनको विद्यालय होस्टेलमा बालिका मृत्यु प्रकरणः शव काठमाडौँमा, पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने

Banner

चितवन, फागुन १८-

चितवनको छात्रावासमा मृत्यु भएकी बालिकाको पोष्टमार्टम रिपोर्ट सोमबारसम्म आउने भएको छ ।

मृतक बालिकाको परिवारले चितवनमा पोष्टमार्टम गर्न शंका लागेपछि काठमाडौँको टिचिङ अस्पतालमा पोष्टमार्टमको लागि लगेको हो । अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय टाँडीले पोष्टमार्टमको रिपोर्ट आउन समय लाग्ने भएकोले सोमबारसम्म रिपोर्ट आएपछि अनुसन्धान थप अगाडि बढ्ने जनाएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी इन्सपेक्टर रमेश बिस्टले सामाजिक सञ्जालमा आएका समाचारहरुमा सत्यता नभएको पोष्टमार्टमको रिपोर्ट सोमबारसम्म आउने बताए ।

गत शनिबार बिहान रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियो । उनको शवको पोष्टमर्टमका लागि काठमाडौंस्थित महाराजगञ्ज टिचिङ अस्पतालमा राखिएको छ । बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको मृत्युपछि मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। चितवन जिल्ला अदातलको आदेश अनुसार अनुसन्धानको लागि उनीहरुलाई सात दिन हिरासतमा राखिने भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>