चितवन विशेष

भरतपुर भ्रमण बर्षको उद्घाटन भोलिः विभिन्न वडामा सेन्ट्रल कलेजको निःशुल्क बस सेवा

Banner

चितवन,फागुन १७-

उच्च शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श र भाषा कक्षाका लागि प्रख्यात सेन्ट्रल कलेजले भरतपुर भ्रमण बर्षलाई सफल बनाउन निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । कलेजले शुक्रबार हुने उद्घाटन समारोहमा आउनेलाई भरतपुर महानगरपालिका वडा नम्वर १६, १८, २२ र २४ नम्वर वडामा निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो ।

कलेजका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले भरतपुर भ्रमण बर्षको उद्घाटन समारोहलाई सफल बनाउन कलेजले निःशुल्क बस सेवा प्रदान गर्न लागेको बताउनुभयो । यस्तै कलेजले चितवनको रामनगर र जगतपुरमा भरतपुर भ्रमण बर्षको स्वागत गेट निर्माण गरेको छ । कलेजले भ्रमण बर्ष उद्घाटन समारोह अघि निस्कने ¥यालीमा कलेजका विद्यार्थी र कर्मचारीलाई समेत सहभागि गराउने प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।

कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान,अष्ट्रेलिया,क्यानडा,युके,युएसए,कोरिया र युरोपका देशहरुमा जान चाहाने विद्यार्थीका लागि शैक्षिक परामर्श र भाषा कक्षा संचालन गरिरहेको छ । कलेजले भरतपुर ओरालोमा आफ्नै भवनबाट विद्यार्थीलाई सेवा प्रदान गर्न थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>