इच्छकामना

छ घण्टा हिडेर डोको बेच्न शक्तिखोर पुग्छन् सोमबहादुर चेपाङ

Banner

चितवन, फागुन १७-

चितवनको इच्छाकामना गाउँपालिका–१ छाप्राङ्ग घर भएका सोमबहादुर चेपाङ छ घण्टा हिडेर डोको बेच्न शक्तिखोर झर्ने गर्छन् ।

घर नजिकै बस गुड्ने भएता पनि ११० रुपैयाँ भाडा जोगाउनको लागि ४८ वर्षीय चेपाङ छाप्राङ्गदेखि शक्तिखोरसम्म डोको बेच्न पुग्ने गरेका हुन् ।

सोमबहादुरले अधियामा डोको बेचेर ६ जनाको परिवार पाल्ने गर्छन् । बाबुबाजेले गर्दै आएको सिपलाई पछ्याउदै आएका उनले वर्षमा ४० देखि ५० ओटा डोको बेच्ने गरेको सुनाए । आम्दानीको स्रोत केही पनि नभएकोले अधियामै भए पनि डोको बेचेर परिवार पाल्नुपर्ने बाध्यता उनलाई छ । खेतबारी नभएपछि भीरपाखोमा कोदो, मकै लागाएर परिवार पाल्न केही हदसम्म सहज भएको उनको भनाइ छ । बिहान कुखुरा बास्ने बित्तिकै केही खाना नखाइकन चेपाङ डोको बेच्न शक्तिखोर तर्फ जाने गर्दछन् । उनी भन्छन्, ‘अधियामा डोको बनाएर बेच्छु । डोको बेचेपछि साहुलाई आधा पैसा बुझाएर बाँकी भएको पैसाले घरमा चाहिने सामान किनेर घर फर्कन्छु ।’

एउटा डोकोलाई ३०० रुपैयाँ पर्छ  ।  सोमबहादुर दिनहुँ डोको बेच्न विभिन्न ठाउँ जाने गर्छन् । डोको बुन्न धेरै मेहनत लाग्ने उनी सुनाउँछन् । उनले भने, ‘डोको बुन्नको लागि धेरै मेहनत चाहिन्छ । बाँसलाई काटेर सुकाएपछि मात्र डोको बुन्ने हो । बास काट्ने बेला हात काट्छ, घाउ नै घाउ हुन्छ हात भरी ।’ उनले डोको बुन्ने बेला हात दुख्ने, चोटपटक लाग्ने गरेको बताएका छन् । उनले डोको बुन्न पाँचदेखि छ दिनसम्म लाग्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>