क्रिकेट

एक्सपर्ट भरतपुर मेयर्स कपः आज सेमीफाइनलका दुई खेल हुँदै

Banner

चितवन, फागुन १६–

एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा फाइनल प्रवेशका लागि आज दुई सेमीफाइनलका खेलहरु हुँदैछन् ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने पहिलो सेमीफाइनल खेलमा वाल्मीकि शिक्षा सदन र सनराइज इङलिस स्कुलबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान ९ बजेबाट सुरु हुनेछ । वाल्मीकि समूह ‘ए’बाट विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो भने सनराइज समूह ‘बी’को उपविजेताको रुपमा सेमीफाइनल स्थान सुरक्षित गरेको हो ।

यस्तै आजै हुने दोस्रो सेमीफाइनल खेलमा अर्किड स्कुल र नारायणी नमुना माविबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईबीचको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । अर्किड समूह ‘बी’को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो भने नारायणी समूह ‘ए’को उपविजेताको रुपमा सेमीफाइनल स्थान सुरक्षित गरेको हो ।

प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ । उपाधि विजेता र उपविजेता टोलीले विभिन्न त्रिकेट सामग्री पुरस्कार पाउने छन् ।

फागुन ४ गतेबाट सुरु भएको लिग चरणका खेलहरुमा १० वटा टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । सबै टिमले कुल ४ खेल खेलेका थिए । यसअघि २० वटा टिमलाई नकआउट प्रतिस्पर्धा गराइएको थियो । नकआउटबाट १० टोली बाहिरिएको थियो भने १० टोली लिगचरणमा प्रवेश गरेका थिए । भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भइरहेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>