चितवन विशेष

चितवनमा थालियो कोप होमस्टे तथा पर्यटन सहकारी अभियान, दुई दिने विशेष कार्यक्रम हुँदै

Banner

चितवन, फागुन १५–

निजी र सामुदायिक होमस्टेको बारेमा धेरै नै जानकार छन् । तर सहकारीको मोडलमा संचालन गरिने कोप होमस्टेको बारेमा धेरैलाई जानकारी छैन । यही अभियानलाई लिएर सहकारीकर्मीहरुले कोप होमस्टे तथा पर्यटन सहकारी अभियान थालेका छन् । चितवनबाटै देशभर सकरात्मक सन्देश दिनेगरि दुई दिने विशेष कार्यक्रम गरी अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउन लागिएको छ ।

चितवनका प्रस्तावित कोप होमस्टे तथा पर्यटन सहकारीहरुले संयुक्त रुपमा भरतपुरमा पत्रकार सम्मेलन गरी अभियान बारे जानकारी गराएका हुन् । फागुन २२ र २३ गते हुने कार्यक्रमबाट सौराहा–कुचकुचे चिसापानी–पर्यटन मार्ग हुँदै परेवाकोट (सौराहा–परेवाकोट) नियमित कोप जीप सफारीको शुभारम्भ समेत गर्न लागिएको कार्यक्रमका संयोजक डेविड थारु चौधरीले जानकारी दिए । उनका अनुसार दुई दिने कार्यक्रम कंकालीमाई प्रस्तावित कोप होमस्टे तथा प्रस्तावित पर्यटन सहकारीमा सौराहा–कंकालीकोट जीप सफारीबाट सुरुवात गरिने छ । कार्यक्रमको समापन राप्ती नगरपालिकाको परेवाकोटमा कोप कफी फार्म भिजिटका साथै सांस्कृतिक कार्यक्रमसहित समापन गरिने चौधरीले जानकारी दिए ।

यस अभियानको क्रममा कोप लिडरसंग कोप भिजन २०३०, कोप होमस्टे, पर्यटन सहकारी, पर्यटन क्षेत्रमा सहकारी क्षेत्रको उदासीनता तथा भूमिका बारे अन्तरक्रिया, सहकारी उद्यमशिलता बारे विशेष विमर्श परामर्श गरिने कोप हामेस्टे तथा पर्यटन सहकारी अभियानका अभियन्ता राम पटेलले जानकारी दिए । उनले देशमा रहेका सामुदायिक होमस्टे संचालनमा कठिनाई भइरहेको बेला ब्राण्डको रुपमा स्थापित गर्न कोप होमस्टे अभियानलाई अघि बढाइएको बताए । उनले यस अभियानले मात्रै नेपालमा होमस्टे फस्टाउन सक्ने र विदेशी तथा स्वदेशी पर्यटक भित्र्याउन सकिने दावी गरे ।

अभियानले राष्ट्रिय सहकारी महासंघ लिमिटेड तथा चितवन जिल्ला सहकारी संघ लिमिटेडसंग सहकार्य गरेको छ ।

नेफस्कुनकी शान्ति अधिकारीले सहकारीको अवधारणाबाट होमस्टे संचालन गर्न सकिने राम्रो विकल्प देखिएकाले यस अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिइन् । चितवनमा हाल करिव १० वटा कोप होमस्टे तथा पर्यटन सहकारी स्थान भइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>