चितवन विशेष

आत्मनिर्भर बन्न भरतपुरका ३० महिलाले लिए ४५ दिने व्युटीसिएन तालिम

Banner

चितवन, फागुन १४-

आत्मनिर्भर र उद्यममशिल बनाउन महिलाहरुलाई दिइएको ४५ दिने ब्युटीसिएन तालिम सकिएको छ ।

उद्योग वाणिज्य संघ चितवन र भरतपुर–१ को संयुक्त आयोजनामा भएको तालिममा ३० महिलाको सहभागिता रहेको थियो ।

तालिमको समापन कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले सिकेको सिपलाई अधिकतम प्रयोग गरी आफँैमा आत्मनिर्भर भई थप नयाँ कुरा सिक्न आग्रह गरेका छन् । तालिमको समापन कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १ का अध्यक्ष केशव महर्जनले सिक्ने इच्छाशक्ति भए केही पनि असम्भव नभएको बताउँदै तालिमबाट सिकेको सिपलाई प्रयोगमा ल्याउन सुझाव दिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले महिला उद्यमशिलता विकासका लागि निरन्तर कार्यक्रम आयोजना गरिँदै आएको बताए । कार्यक्रममा प्रमुख प्रशिक्षक योगिता पियाले प्रशिक्षार्थीलाई नजानेको कुरा जहिले पनि सोध्न सक्ने बताइन् ।

सञ्चालित तालिममा चितवन ब्युटिपार्लर युनिटीका संस्थापक अध्यक्ष योगिता पिया मुख्य प्रशिक्षक रहेको थिइन् भने प्रशिक्षक रुपमा लक्ष्मी ज्ञवाली रहेकी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>