तनहुँ

चार वर्षमा बन्यो देवघाट गाउँपालिकाको भवन

Banner

दमौली,फागुन १३-

तनहुँको देवघाट गाउँपालिकाको प्रशासकीय भवन साढे चार वर्षमा पूरा भएको छ । विसं २०७६ असारदेखि निर्माण थालिएको उक्त भवन हालै निर्माण सम्पन्न भएको हो । देवघाट गाउँपालिका–५ क्युँदीमा प्रशासकीय भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । केही दिनअघिसम्म गाउँपालिका भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । दुई वर्षमा निर्माण पूरा गर्नेगरी निर्माण सुरु गरिए पनि बीचमा कोभिड–१९ तथा बजेट अभाव भएको थियो । अन्तिम पटक थपिएको म्याद माघ मसान्तमा सकिएको हो । सोही अवधिमा भवन निर्माण पूरा भएको गाउँपालिकाका इन्जिनियर तीर्थ ढुङ्गानाले राससलाई जानकारी दिनुभयो ।

कूल रु सात करोड ५० लाख ४९ हजार पाँच सय ८० को लागत अनुमान रहे पनि बोलपत्र प्रक्रियामार्फत रविना अविसा जेभी काठमाडौँसँग रु पाँच करोड ४१ लाख ४९ हजार पाँच सय ८० मा सम्झौता भएको थियो । बहुवर्षीय योजनाअन्तर्गत सो भवन निर्माणका लागि हालसम्म गण्डकी प्रदेश सरकारले तीन वर्षमा रु ५०–५० लाखको दरले डेढ करोड उपलब्ध गराएको थियोभने बाँकी रकम गाउँपालिका आफँैले व्यवस्थापन गरेको थियो । गाउँपालिकाको प्रशासकीय भवन निर्माणपछि सेवा प्रवाहमा सहजता आउने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>