Breaking News
सांसद ढकालको प्रश्न- कृषि मन्त्रीलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबार हुल्नुपर्ने हो ?
०

काठमाडौँ, फागुन १३-
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारका कृषि मन्त्री निन्द्रामा रहेको भन्दै उनलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबारमा हुल्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने, ‘कृषि मन्त्री बेदुराम भुसाललाई म प्रश्न गर्न चाहन्छु तपाई कृषि मन्त्री भएपश्चात् मनलाग्दी नियुक्ति बाहेक तपाईँले गरेको एउटा काम के हो कृषि क्षेत्रको लागि के हो एउटा काम भनिदिनुस् । दूध किसानको हालत उस्तै छ, मिल्क होलिडे सुरु भएको छ, भुक्तानी पाएका छैनन्, अब यो सरकार र कृषि मन्त्रीलाई ब्युँझाउनलाई किसानहरूले पालेका पशु चौपाया ल्याएर सिंहदरबार हुल्दिने हो कि बालुवाटार हुल्दिने हो ? नत्र सरकार ब्युँझिँदैन ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























