समाचार

नेपाली कामदार भिसामा जापान जान पाउने कार्यविधि स्वीकृत

०
Banner

काठमाण्डौँ, फागुन १२-
जापानले पनि नेपाली युवालाई कामदार भिसामा लैजाने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेष सीप (स्पेसल स्किल) भएका कामदार पठाउने कार्यविधि स्वीकृत गरेसँगै नेपालीहरु कामदार भिसामा जापान जान पाउने भएका हुन् ।

जापानले विशिष्ट सीप भइ दक्षता हाँसिल गरेकाहरुलाई एसएसडब्लु अन्तर्गत विश्वका धेरै देशहरुबाट आफ्नो देशमा कामदार लैजाने गरेको छ । अब जापानले नेपालबाट पनि यसरी कामदार लाने भएको हो । यसबारे नपाल र जापानबीच सन् २०१९ मा नै सम्झौता भएको मन्त्रालयले जनाएको छ । तर, कार्यविधि नबनेकाले यसको प्रक्रिया अघि बढेको थिएन।

मन्त्रालयका प्रवक्ता राजिव पोख्रेलले माघको अन्तिम साता यसबारेको कार्यविधि स्वीकृत गरेको जानकारी दिए । उनका अनुसार जापानले हरेक वर्ष कम्तिमा २० हजार नेपाली कामदार लैजाने मन्त्रालयको अनुमान छ । सम्झौता जीटूजी भएकाले यतिनै लैजान्छ भनेर यकिन रुपमा भन्न भने नसकिने उनले बताए । तर, कम्तिमा वर्षमा २० हजार युवाहरु यस अन्तर्गत जापान जान पाउने उनको भनाई छ ।

सुरुमा जापानका रोजगारदाता कम्पनीहरुले ५ वर्षका लागि तोकिएका सिप भएका नेपाली कामदार लैजान्छ । तर, हरेक वर्ष, ६ महिना वा हरेक ४ महिनामा भिसा रिन्यू गर्नुपर्ने हुन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>