समाचार

नवलपुरमा बाघ मारेर गाडेको अवस्थामा भेटियो

०
Banner

नवलपुर फागुन १२-

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका– १५ को नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको छ। रोयल बेंगल टाइगर प्रजातिको भाले वयस्क बाघ मृत फेला परेको चोरमारा रेन्जपोस्टका वन अधिकृत दुर्गादत्त कँडेलले जानकारी दिए।

उनका अनुसार पूर्व-पश्चिम सडकबाट ५ सय मिटर दक्षिण, अरुणखोला बजारबाट १ किलोमिटर पूर्व, हर्बासटार गाउँबाट डेढ किलोमिटर उत्तरमा बाघ भेटिएको हो। बाघ जंगलको खोल्सामा खाल्टो खनेर गाडेको अवस्थामा भेटिएको हो। बाघ मारेर गाडिएको बताइएको छ।

जंगलमा हेरालुले गन्हाएको थाहा पाएपछि हेर्दा बाघको पछाडिको खुट्टा देखिने गरी पुरिएको अवस्थामा देखेपछि सामुदायिक वनका पदाधिकारीलाई खबर गरेका थिए।

बाघको शवलाई खनेर निकालिएको छ। उक्त बाघलाई भोलि पोस्टमार्टम गरिने बताइएको छ। यसअघि नवलपुरको मध्यविन्दु– १२ अरुणखोला बजारनजिकै पनि एउटा भाले पाटेबाघ मृत फेला परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>