समाचार

निष्ठा र समर्पण भावका साथ काम गर्न निर्देशन

०
Banner

काठमाडौँ, फागुन १२-

प्रधान सेनापति प्रभुराम शर्माले युवा वर्ग नै राष्ट्रको भविष्य भएको र राष्ट्रप्रतिको उनीहरुको माया, समर्पणभाव र निष्ठाले नै हाम्रो राष्ट्र, राष्ट्रियता, भाषा, संस्कृतिलगायत सबै पक्ष बलियो हुने बताउनुभएको छ । राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, नवलपरासीमा आज आयोजित सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रधान सेनापतिले राष्ट्र, राष्ट्रियता र भाषाको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधान सेनापतिले राष्ट्रिय सेवा दलका क्याडेटहरूले आफ्नो तालिमको दौरान हासिल गरेका सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुशासनसम्बन्धी विविध सैद्धान्तिक तथा व्यावहारिक ज्ञानले भविष्यमा आउनसक्ने प्रतिकूल परिस्थितिलाई सहजरुपमा सामना गर्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

राष्ट्रिय सेवा दलका पूर्वकार्यकारी महानिर्देशक उपरथी रमिन्द्र क्षेत्री, रथीवृन्द तथा अधिकृतहरू, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, प्रधानाध्यापक तथा अभिभावकहरू, सञ्चारकर्मीलगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रधान सेनापतिले सर्वोत्कृष्ट क्याडेटलाई पुरस्कार वितरण गर्नुभयो । आज पाँच सय ६६ जना दीक्षित भएका छन् । विसं २०२२ मा स्थापित राष्ट्रिय सेवा दलबाट हालसम्म सिनियर डिभिजन तथा जुनियर डिभिजन गरी ७३ हजार दुई सय ७३ जनाले राष्ट्रिय सेवा दल तालिम लिएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>