देश/प्रदेश
सन्देशमुलक चिन्ह हटाएर आकाशेपुलमा प्रचार सामग्री, सडक डिभिजनले हटायो
०

बुटवल, फागुन १२-
डिभिजन सडक कार्यालय बुटवलले आकाशेपुलमा राखिएको प्रचार सामग्री हटाएको छ ।
बुटवलको कालिकानगरस्थित ६ लेन सडकमा रहेको आकाशेपुलमा सन्देशमुलक चिन्ह हटाएर प्रचार सामग्री राख्दै आएको एपेक्स नेपाल प्रालिलेको प्रचार सामग्री कार्यालयले हटाएको हो ।
उक्त आकाशेपुलमा एपेक्स नेपालले गत विहिबार मात्रै प्रचार सामग्री राखेको थियो । तर, सडक डिभिजन कार्यालय बुटवलका ईञ्जिनियर महेश्वर लम्सालले सडक क्षेत्राधिकार भित्र सडक प्रयोगकर्ता यात्रु तथा सर्वसाधारणलाई सन्देश दिने खालका सूचना तथा सन्देश राख्नुपर्नेमा राखिएका सन्देशमुलक चिन्ह समेत हटाएर प्रचार सामग्री राखेपछि कार्यालयले उक्त प्रचार सामग्री हटाइदिएको बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























