स्वास्थ्य

बालबालिकाको मस्तिष्क विकासका लागि आवश्यक ७ सुपरफुड

Banner

काठमाडौँ, फागुन १२-

बालबालिकाको मानसिक विकासका लागि सानैदेखि उनीहरूको खानपानमा ध्यान दिनु जरुरी छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाले गरेको एक अनुसन्धानमा १ देखि ३ वर्षसम्मका बालबालिकाको आहारमा आवश्यक पोषण समावेश गरिएमा उनीहरूको मस्तिष्कको विकास धेरै गुणा छिटो हुने र जटिल काम पनि सजिलैसँग समाधान गर्न सक्ने देखाएको छ ।

मस्तिष्कको विकासका लागि सबै प्रकारका पोषक तत्त्व आवश्यक भएता पनि केही यस्ता कुराहरू छन् जसले मस्तिष्कको विकासमा मद्दत गर्छ । स्वस्थ मस्तिष्क विकासका लागि बालबालिकाको आहारमा कोलाइन, फोलेट, आयोडिन, आइरन, पोलीअनस्याचुरेटेड फ्याटी एसिड, ओमेगा–३ फ्याटी एसिड, प्रोटिन, भिटामिन ए, डी, बी६ र बी१२, जिङ्क आदि समावेश गर्नु निकै फाइदाजनक हुन्छ। सानै उमेर देखि यो सम्भव छ।

यहाँ बालबालिकाको दिमागलाई राम्रोसँग विकास गर्न मद्दत गर्नको लागि उनीहरूको आहारमा के के कुराहरू समावेश गर्न सक्नुहुन्छ भनी बताइरहेका छौँ। पहिलो सुपर फूड भनेको अण्डा हो, हो, अण्डामा मस्तिष्कको विकासका लागि आवश्यक पर्ने सबै कुराहरू हुन्छन् । ८ वर्षसम्मका बच्चालाई दैनिक २ वटा अण्डा दिनुभयो भने उसको लागि निकै फाइदाजनक हुन्छ ।

बालबालिकाका लागि निश्चित रूपमा समुद्री खाना अर्थात् ओमेगा ३ फ्याटी एसिड भएको माछा र टुनाजस्ता खाना दिनुहोस्। फ्याटी एसिडका अलावा यसमा प्रोटिन, जिङ्क, आइरन, कोलाइन, आयोडिन आदि प्रशस्त मात्रामा पाइन्छ जसले मस्तिष्कको विकासमा मद्दत गर्छ।

हरियो पातदार तरकारीहरू जस्तै पालक, काउली आदिमा प्रशस्त मात्रामा आइरन र फोलेट पाइन्छ जसले स्मरणशक्तिलाई तीखो बनाउन र सिक्ने क्षमता बढाउन मद्दत गर्छ। यस्तो अवस्थामा बालबालिकालाई आफ्नो आहारमा कम्तीमा एक कप तरकारी खुवाउनु पर्छ ।

बालबालिकालाई दही असाध्यै मन पर्छ । तपाईं ताजा दही तयार गरेर तिनीहरूलाई दिन सक्नुहुन्छ। दहीले मस्तिष्कको विकासका साथै स्नायु प्रक्रियालाई पनि सुधार गर्न सक्छ। यति मात्र होइन, यसले बालबालिकामा हुने आयोडिनको कमीलाई पनि हटाउन सक्छ ।

बदाम पनि बच्चाहरूलाई खुवाउनु पर्छ। मस्तिष्कको विकासका लागि यो निकै उपयोगी हुन्छ । यसमा भिटामिन, मिनरल्स, आइरन, जिङ्क, ओमेगा ३ फ्याटी एसिड आदि प्रशस्त मात्रामा पाइन्छ, जसले मस्तिष्कको शक्ति बढाउँछ, स्मरणशक्तिमा सुधार गर्छ र सिक्ने क्षमता बढाउन सक्छ।

बालबालिकाको आहारमा विभिन्न प्रकारका सिमी र राजमा समावेश गर्नु मस्तिष्कको विकासका लागि निकै फाइदाजनक हुन्छ । यसमा जिङ्क, प्रोटिन, आइरन, फोलेट, कोलाइन आदि पाइन्छ। तपाईं सजिलै बच्चाहरूलाई सोयाबीन र किड्नी बीन्स दिन सक्नुहुन्छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>