समाचार

जिल्ला अदालतको फैसलाउपर पुनरावेदनका लागि सन्दीप उच्च अदालतमा

०
Banner

काठमाडौं,फागुन १०-

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसलामाथि पुनरावलोकनको निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन् । आजै निवेदन दर्ता गर्न उनी कानून व्यवसायीसहित पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गर्न लागेका हुन् । पुनरावेदनको फैसला नआउञ्जेल उनी जेल बस्नुपर्ने छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>