अन्तर्राष्ट्रिय

एक्सको खाता ब्लक गराउँदै भारत सरकार

०
Banner

नयाँ दिल्ली, फागुन १०-

भारत सरकारले माइक्रो ब्लगिङ वेबसाइट एक्सलाई केही खाता ब्लक गर्न निर्देशन दिएको थियो । तर, एक्सले यसप्रति असहमतिका बिच केही खातालाई ब्लक वा निलम्बन गर्न थालेको छ ।

मानिसहरूलाई बोल्ने स्वतन्त्रता हुनु पर्ने एक्सको ग्लोबल गभर्नमेन्ट टिमले एक पोस्टमार्फत जानकारी दिएको छ । ‘भारत सरकारले निर्देशन जारी गरेको छ, जसमा एक्सका केही खाता र पोष्टमाथि कारबाहीको कुरा गरिएको छ । निर्देशनको अनुपालनमा हामीले यी खाता र पोस्ट भारतमा मात्र ब्लक गर्नेछौँ । यद्यपि, यी कारबाहीसँग हामी असहमत छौं ।’ कानुनी प्रतिबन्धका कारण एक्सले कार्यकारी निर्देशनहरू सार्वजनिक भने गरेको छैन ।

पारदर्शिता कायम गर्न यसलाई सार्वजनिक गर्न आवश्यक भएको बताइएको छ । भारत सरकारले विवादित वा सामाजिक सौहार्द बिगार्ने डर भएका सामाजिक सञ्जालका खाताहरूलाई ब्लक गर्न निर्देशन दिँदै आएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>