काठमाडौँ

सात दिनभित्र सम्पर्कमा आउन १८ प्रहरीलाई प्रधान कार्यालयको निर्देशन

०
Banner

काठमाडौं, फागुन १०–

नेपाल प्रहरीले गैरहाजिर रहेका १८ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी एक सहायक निरीक्षक, एक वरिष्ठ हवलदार, तीन सहायक हवलदार र १३ जवानलाई तत्काल सम्पर्कमा आउन भनेको हो।

उनीहरू एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेको भन्दै बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन कार्यालयले निर्देशन दिएको छ।

अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी कार्यालयले दिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>