घटना -दुर्घटना
बारामा ट्रक र बोलेरो ठोक्किँदा २ को मृत्यु, ४ घाइते
०

हेटौंडा, फागुन ९-
बारामा ट्रक र बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
हेटौंडाबाट पथलैया जाँदै गरेको बा.प्र ०१-०२६ च १३३४ नम्बरको बोलेरो र पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक जितपुर-सिमरा १ आधाबार जङ्गलखण्डमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा बोलेरोमा सबार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका ९ कोलनीका ३० वर्षीय सुजन मगराती र भारत मोतिहारीका २८ वर्षीय चन्दन चौहान रहेका छन् ।
दुर्घटनामा भारत मजफ्फपुरका राहुल चौधरी, गोरखपुरका राहुल चौहान, लखन चौहान र ट्रक चालक बारा परमानिपुर गाउँपालिका-४ का रवि पटेल रहेका जिल्ला प्रहरी कार्यालय बाराका नायब प्रहरी उपरीक्षक दधिराम न्यौपानेले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























