क्रिकेट

क्रिकेटर सन्दीपले गराए लाइपोमाको शल्यक्रिया

Banner

काठमाडौं,फागुन ८-

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन् । सन्दीप निकट स्रोतका अनुसार उनले मंगलबार सिल्भरलाइन अस्पतालमा लाइपोमाको शल्यक्रिया गराएका हुन् ।

सन्दीपले दोस्रोपटक लाइपोमाको शल्यक्रिया गराएका हुन् । यसअघि उनले गत वैशाखमा पहिलोपटक लाइपोमाको शल्यक्रिया गराएका थिए । गत वर्ष भदौको सन्दीपविरुद्ध काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको थियो । सोही उजुरीका आधारमा गत असोज २० गते पक्राउ परेका सन्दीप यसै वर्षको पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका थिए । सन्दीपलाई जिल्ला अदालत काठमाडौंले पुस २५ गते आठ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>