चितवन विशेष

श्वेस्ता फेशन स्टुडियोको ‘ग्ल्यामर विथ ग्रेस’मा मिस नेपाल अस्मी श्रेष्ठ र्‍याम्पमा उत्रिदै

Banner

चितवन, फागुन ८–

सन् २०१६ की मिस नेपाल अस्मी श्रेष्ठ चितवनमा पहिलोपटक र्‍याम्पमा उत्रिने भएकी छन् । श्वेस्ता फेशन स्टुडियोले आयोजना गर्न लागेको ‘ग्ल्यामर विथ ग्रेस’ नामको फेशन शोमा मिस नेपाल श्रेष्ठ र्‍याम्पमा उत्रिन लागेकी हुन् ।

उक्त कार्यक्रममा अस्मीसंगै अन्य ८ जना मोडल र्‍याम्पमा उत्रिने छन् । कार्यक्रम यही फागुन ११ गते शुक्रबार होटल सिराईचुली भरतपुरमा हुने श्वेस्ता फेशन स्टुडियोकी प्रमुख श्वेस्ता श्रेष्ठ पियाले जानकारी दिइन् । उनका अनुसार कार्यक्रम साँझ ५ बजेपछि सुरु हुनेछ । ‘कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न हामी तमतार छौं, अहिले कार्यक्रमको अन्तिम तयारी चलिरहेको छ’ श्वेस्ताले भनिन्–‘चितवनमा पहिलोपटक मिस नेपाललाई र्‍याम्पमा उतार्दैछौं ।’

यस कार्यक्रममा फ्युजन टचको साथ प्रायः परम्परागत पोशाकका तीन वटा सिक्वेन्समा प्रस्तुती रहने छ । कार्यक्रममा सहभागि हुने मोडलहरुलाई कोरियोग्राफर प्रज्ञा तिवारीले प्रशिक्षण गराइरहेकी छन् । अफिसियल मेकअप आर्टिस्ट करिना श्रेष्ठ (क्रिएटिभ कन्टूर ब्यूटी लाउन्ज) रहेको छ । मोडलहरुले हरेराम हरे कृष्णको गहना लगाउने छन् । कार्यक्रममा लाइभ म्युजिकसंगै लोकल व्याण्डको प्रस्तुती र नृत्य समेत देखाइने छ ।

कार्यक्रम आयोजक श्वेस्ता फेशन स्टुडियो गत भाद्र ७ गतेदेखि संचालनमा आएको हो । स्टुडियोकी प्रमुख श्वेस्ता श्रेष्ठ पिया फेशन डिजाइनिङमा व्याचलर अध्ययन गरेकी छन् भने मुसी फैशनालय काठमाडौंमा ६ महिनासम्म इन्र्टन समेत गरेकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>