चितवन विशेष
भरतपुरमा अटिजम भएका विद्यार्थीलाई शैक्षिक सामग्री बितरण

चितवन, फागुन ८-
भरतपुरमा अटिजम भएका ५३ जना विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको छ ।
प्रजातन्त्र दिवस २०८० को अवसरमा मंगलबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले संयुक्त रुपमा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । जसमा विषेश विद्यालयका ४० र बालकुमारीका १३ जना गरी ५३ जना रहेका छन् ।
भरतपुरमा रहेको अटिजम विषेश विद्यालय भरतपुर–१० मा भएको शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा मेयर दाहालले अटिजम भएका विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्न विषेश विद्यालय स्थापना गरिएको बताइन् । उनले अन्य सामान्य बच्चाको भन्दा बढी स्याहार गर्नुपर्ने भएकाले महानगरले पनि अभिभावकत्व गर्न प्रयत्न गरेको उल्लेख गरिन् ।
नेपाल सरकारको मन्यता प्राप्त पहिलो अटिजम विषेश विद्यालय भरतपुर महानगरले स्थापना गरे पनि स्तरोन्ति भने प्रर्याप्त रुपमा नभएको प्रमुख दाहालको विचार छ । बिगत र अहिले केही परिवर्तन भए पनि गजब्बको परिवर्तन नभएकाले आगामी दिनमा महानगरपालिकाले प्राथामिकतामा राखेर काम गर्ने मेयर दाहालले दाबी गरिन् ।
महानगरपालिकाले महानगरका सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन बालकुमारी सुस्त मनस्थिति विद्यालय, बौद्धिक अपाङ्गता भएकालाई नारायणी मावि विशेष कक्षा, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत कक्षा, आमा बुबा नभएकालाई पीटुसीटु र अनाथ विद्यार्थीलाई एसओएसमा अध्ययन गराउन मिलाउने सुविधा मिलाइएको उनले बताइन् । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी बस्नेतले अटिजम भएकालाई राम्रो व्यवहार र विषेश स्याहार गर्नुपर्ने बताए ।

























