समाचार

वीरगंजमा र्फ्यु, ११ प्रहरी घाइते

०
Banner

वीरगंज, फागुन ०७-
वीरगंजमा कर्फ्युकाबीच झडप भएको छ। झडपमा ११ जना प्रहरी घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालका अनुसार दुई पक्षबिच विवाद साम्य पार्न पुगेको प्रहरीलाई ताकेर ढुङ्गा मुढा प्रहारले नेपाल प्रहरीको ९ जना र सशस्त्र प्रहरीको २ जना गरी ११ जना घाइते भएको हुन्।

रौतहटको इसानाथ नगरपालिकाको मोतीपुरमा फागुन ३ गते दुई पक्षबिच विवाद र झडप भएको विषयलाई लिएर वीरगंजमा बन्द, जुलुस तथा प्रदर्शनको क्रममा दुवै पक्षको विवादले उग्र रुप लिदाँ प्रहरीको टाउको, खुट्टा लगायतको स्थानमा छोट पटक लागेको छ। घाइते प्रहरीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

स्थितीलाई साम्य पार्न जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मित्तेरी पुल भित्र पर्ने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>