अन्तर्राष्ट्रिय

भारतको प्रविधि क्षेत्रमा ६० हजार रोजगारी थपिने

Banner

नयाँ दिल्ली, फागुन ७-

आर्थिक वर्ष २०२३–२४ मा भारतको प्रविधि क्षत्रेमा ६० हजार नयाँ रोजगारी थपिने अनुमान गरिएको छ । योसँगै यस क्षेत्रमा कार्यरत कूल कर्मचारीको सङ्ख्या ५४ लाख ३० हजार पुग्नेछ । तर थपिएको यो रोजगारी अघिल्लो आवको तुलनामा निकै कम हो ।

आव २०२२/२३ मा यस क्षेत्रले २ लाख ७० हजार रोजगारी सृजना गरेको थियो । अमेरिका र युरोप लगायत मुख्य बजारमा बृहत् आर्थिक सुस्तीका कारण माग घटेको छ । यस्तोमा भारतको आइटी उद्योगको रोजगारीको अवस्था पनि प्रभावित भइरहेको छ ।

भारतको आइटी सेवा उद्योगको आकार करिब २ खर्ब ५० अर्ब डलर बराबरको छ । कूलमध्ये ६० देखि ८० प्रतिशत आम्दानीको स्रोत उत्तर अमेरिका र युरोप हो । कोभिडको बेलामा आइटी क्षेत्रमा अति नै धेरै रोजगारी सृजना भयो । यतिबेला केही हदसम्म करेक्सन देखिन थालेको विश्लेषकहरू बताउँछन् । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>