चितवन विशेष

प्रजातन्त्र दिवसमा बाटुली पोखरी सरसफाई

Banner

चितवन, फागुन ६–

प्रजातन्त्र दिवसको अबसरमा बाटुलि पोखरी क्षेत्रको सरसफाई गरिएको छ । प्रजातन्त्र दिवस समारोह समिति चितवनको आयोजनामा पोखरी क्षेत्र सरसफाई गरिएको हो ।

भरतपुर भ्रमण बर्षलाई लक्षित गर्दै पोखरी क्षेत्र सरसफाई गरिएको हो । तीन दिन दिवस मनाउने क्रममा पहिलोदिन सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै समारोह समितिका संयोजक जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद अधिकारीले पर्यटकिय क्षेत्रको बिकास र संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘पर्यटकीय क्षेत्रको बिकास र यसको सम्बर्द्धन गर्न सके आर्थिक सम्बृद्वि हाँसिल हुन्छ । सहिदको सम्मानका लागि सबैले देशलाई सम्बृदीको यात्रातर्फ लैजानु पर्ने बताउनुभयो । सहिदको सपनालाई सकार गर्ने समय आएको उहाँको भनाई थियो ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले समाज परिवर्तनका लागि सहिदहरुको सम्मान गर्नु पर्ने बताउनुभयो । सरसफाई कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी, स्थानिय लगाएतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>