बजार

एनआईसी एसिया बैंकबाट निक्षेप निकाल्ने क्रम बढ्यो, एक महिनामै १४ अर्ब रुपैयाँ झिकियो

Banner

काठमाडौं,फागुन ५-

पछिल्लो एक महिनामै निक्षेपकर्ताले एनआईसी एसिया बैंकबाट १४ अर्ब रुपैयाँ निक्षेप निकालेका छन्। नेपाल बैंकर्स संघले उपलब्ध गराएको निक्षेप विवरणअनुसार एनआईसी एसियाको पुसमा ३ खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ थियो। तर, माघमा भने ३ खर्ब ६७ अर्ब ६८ करोडमा खुम्चिएको छ।

वाणिज्य बैंक क्षेत्रको निक्षेप करिब १२ अर्ब रुपैयाँले बढ्दा एनआईसीको भने घटेको हो। बैंकहरुको माघमा ५४ खर्ब २९ अर्ब ६९ करोड रुपैयाँ निक्षेप थियो। तर, माघमा ५४ खर्ब ४१ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

एनआईसी एसियाप्रति फैलिएका विभिन्न किसिमका अफवाह, सर्वसाधारणले बैंकलाई हेर्ने दृष्टिकोण, सञ्चार माध्यममा आएका विभिन्न टीकाटिप्पणी र बैंककै कतिपय गतिविधिका कारण ग्राहकको बैंकप्रतिको मनोबल गिरेको असर निक्षेपमा परेको हो।

अझै पनि एनआईसी एसियाका विषयमा आएका भ्रामक गतिविधिलाई निस्तेज नपारे आगामी दिनमा झन् ठूलो धक्का लाग्ने देखिन्छ। खासगरी चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख भएका कतिपय विषयवस्तु, शाखा बन्द गर्न राष्ट्र बैंकमा दिएको निवेदन, नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेको राजीनामालगायत विषयमा बैंकबाट एकोहोरो रुपमा गरिएको भ्रामक खण्डनले पनि यसको छविलाई धुमिल्याउन मद्दत गरेको देखिन्छ।

व्यवसाय नभएपछि कम्तीमा ५० शाखा बन्द गर्न राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई भनेको छ। विभिन्न सूमह बनाएर आफ्नो पक्षमा एकोहोरो गरेको प्रचार–प्रसारले निक्षेपकर्ता थप दिगभ्रमित भई निक्षेप निकाल्न थालेपछि बैंकलाई अप्ठेरो अवस्था आएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>