चितवन विशेष

पिटुसिटुको विद्यालयमा सरस्वती माताको मुर्तिमा प्राण प्रतिष्ठा गरियो

Banner

चितवन, फागुन ४–

बालबालिकाहरुको लागि प्रहरी नागरिक अभियान नेपाल (पिटुसिटु) भरतपुरमा सरस्वती माताको प्राण प्रतिष्ठा गरिएको छ । शुक्रबार विहान भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको हातबाट सरस्वती माताको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको थियो ।

भरतपुर–५ आनन्दपुरमा रहेको विद्यालयमा यसअघि नै मन्दिर निर्माण भइसकेको थियो । शुक्रबार औपचारिक रुपमा सरस्वती माताको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको बालबालिकाहरुको लागि प्रहरी नागरिक अभियान नेपालका अध्यक्ष निर्देश सेढाईले जानकारी दिए । अभियानले संचालन गरिरहेको विद्यालयमा सडक बालबालिकाहरु अध्ययन गर्दै आइरहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले अभियानले चलाएको कदमले सडक बालबालिकाहरुले नयाँ जीवन पाएको बताइन् ।

कार्यक्रममा सरुवा भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई अभियानले बिदाई सम्मान गरेको थियो । यस्तै अभियानलाई सहयोग पु¥याउउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।

वि.सं.२०७२ फागुन ३ गतेदेखि औपचारिक रुपमा पिटुसिटुको विद्यालय संचालनमा आएको थियो । कार्यक्रम पिटुसिटुका अध्यक्ष निर्देश सेढाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>