Breaking News

केपी ओलीको नयाँ दलप्रति व्यङ्ग्य: भोलि उठी कहाँ जाने केही थाहा छैन

Banner

काठमाडौ, फागुन २-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका पार्टीहरु भोलि कुन अवस्थामा पुग्छन् कुनै ठेगान नभएको बताएका छन् ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले गीतको टुक्का सुनाउँदै ‘भोलि उठी कहाँ जाने केही थाहा छैन’ भनेर व्यङ्ग्य गरेका हुन् ।

कुनै दलको नाम नलिएर ओलीले भने, ‘उनीहरुको कुनै गन्तव्य छैन, पोलिटिकल कलर छैन, पोलिटिकल सेप छैन । अमिलो फल्छ कि गुलियो फल्छ केही थाहा छैन । खुर्सानीका बोट जस्ता हुन्, पिरो फल्छ कि ? सुन्तालाका बोट जस्ता हुन्, गुलियो फल्छन् कि ? हर्रोबर्रो जस्ता हुन् कि ? टुंगो छैन ।’ उनीहरुले गन्तव्य पनि पहिल्याउन नसकेको ओलीको आरोप थियो । समाजवाद कि पुँजीवादमा जाने भन्ने टुंगो नभएको भन्दै उनले भने, ‘भोलि उठी कहाँ जाने केही थाहा छैन । यो हालतमा छन् ।’ ओलीले नयाँ दलहरु पनि पुरानो भइसकेको बताए । स्वतन्त्र उठेर जितेकाहरुमा पनि अरुको आलोचना गर्नुबाहेक कुनै नीति नभएको उनको विचार छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>