चितवन विशेष

कँडेलले दिए प्रेस चौतारी चितवनलाई २५ हजार ६ सय

Banner

भरतपुर,फागुन २-

विगत १५ वर्षदेखि जापानमा रहँदै आएका भरतपुर–४ का दयाराम कँडेलले प्रेस चौतारी चितवनको नवनिर्मित भवन निर्माणार्थ २५ हजार ६०० नगद सहयोग गरेका छन । केही दिनका लागि गृहनगर भरतपुर आएका कँडलले (नेकपा) एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, बागमती प्रदेश कमिटीका सदस्य कृष्णप्रसाद भुर्तेललगायतलको उपस्थितिमा प्रेस चौतारी चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीलाई सो रकम हस्तान्तरण गरेका थिए ।

आफू नेकपा एमालेसँग नजिक रहेको भन्दै उनले चौतारीको इतिहासमा देशभरकै पहिलो भवन बन्न लागेकोमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले आउँदा दिनमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाए । सो अवसरमा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले सहयोगी दाता कँडेलप्रति धन्यवाद व्यक्त गर्दै राजनैतिक, सामाजिक जीवनको प्रगतिको कामना गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>