चितवन विशेष

भरतपुरका विद्यालयलाई शुक्रबार झोला र किताब रहित बनाउँछौंः उपमेयर अधिकारी

Banner

चितवन, फागुन १-

भरतपुर महानगर उपमेयर चित्रसेन अधिकारीले भरतपुर महानगरका विद्यालयहरुमा शुक्रबार झोला र किताबरहित बनाउने बताएका छन् ।

शरदपुर मावि भरतपुर ८ र ९ को ४९ औ वार्षिकोत्सवको मंगलबार उद्घाटन गर्दै उपमेयर अधिकारीले भरतपुर महानगरपालिकाले साताको प्रत्येक शुक्रबार झोला र किताबरहित बनाएर ब्यबहारिक शिक्षाको अवधारणा ल्याएको उल्लेख गरेका हुन् ।

आजका विद्यार्थी किताबी अध्ययनमा मात्रै सिमित भएको टिप्पणी गर्दै अधिकारीले ब्यबहारिक शिक्षाले विद्यार्थीलाई थप सिकाइ तर्फ केन्द्रित गर्ने बताए ।

अहिले भरतपुर महानगरपालिकाले ब्यबहारिक शिक्षालाई परीक्षणको रुपमा लागू गरिरहेको उल्लेख गर्दै महानगरले साताको प्रत्येक शुक्रबारलाई ब्यबहारिक शिक्षाको रुपमा लागू गर्ने गरी कार्यबिधि बनाएर अगाडि बढेको पनि प्रष्ट पारे । शुक्रबारलाई झोला र किताब रहितको बनाउने उदेश्यका साथ प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ छ ।

‘विद्यार्थीको सिकाइलाइ पाठयपुस्तकको दायरामा मात्र सिमित हुन नदिन,विद्यार्थीलाई ब्यबहारिक ज्ञान प्रदान गर्ने थलोका रुपमा विकास गर्न, प्रतिभा प्रस्फुटनका अवसर प्रदान गर्ने लगायतका थुप्रै ब्यबहारिक क्रियाकलापहरु शुक्रबारीय दिनमा गरिने छ’, उपमेयरले भने ।

विद्यालयका प्रधानाध्यापक भोलानाथ सापकोटाले प्रधानाध्यापकको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । कार्यक्रममा भरतपुर ८ का वडा अध्यक्ष जीवनाथ कँडेल, शिक्षा विकास तथा समन्वय इकाइ चितवनका प्रमुख भूमिलाल सुवेदी, लक्ष्मी मावि लंकुका प्रधानाध्यापक रेशमबाबु ढकाल, त्रिपुरेश्वर कृषि सहकारी सस्थाका अध्यक्ष वेदप्रसाद सापकोटा लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयको शैक्षिक उन्नति र प्रगतिमा विभिन्न समयमा सहयोग गर्ने समाजसेवी,बुद्धिजीवी तथा पेशाकर्मीहरुलाई सम्मान गरिएको थियोे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>