देश/प्रदेश

कांग्रेससँग काम गर्न सजिलो छैन, गठबन्धनबारे सोच्ने ठाउँमा पुगेँः प्रचण्ड

Banner

काठमाडौँ, माघ २९-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसँग सहकार्य सजिलो नभएको भन्दै गठबन्धनबारे सोच्नुपर्ने बताएका छन् ।

कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसले धोका दिएको उदाहरण दिँदै उनले यस्तो निष्कर्ष निकालेका हुन् ।

सोमबार पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा उनले यो धोकाले गठबन्धनबारे सोच्नुपर्ने अवस्थामा पुगेको बताएका छन् ।

‘कोशीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको छ’, बैठकमा प्रचण्डले भने, ‘यसले गठबन्धनमा सोच्नुपर्ने ठाउँमा हामीलाई पु¥याएको छ ।’

प्रचण्डले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले दिएको धोकाको विषयमा गम्भीर छलफल भइरहेको जानकारी समेत बैठकलाई गराए ।

कोशीमा सत्ता गठबन्धनबीच माओवादी केन्द्रलाई मुख्यमन्त्री पद दिने सहमति भए पनि शेखर कोइराला पक्षका केदार कार्कीले एमालेको समर्थनमा बहुमत जुटाएर आफैं मुख्यमन्त्री बने । त्यसपछि माओवादीले पनि उनै कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।

त्यस्तै गत ११ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी केन्द्रकी उम्मेदवार चम्पा कार्की एमाले उम्मेदवारसँग पराजित भएकी थिइन् । सत्तारुढ गठबन्धनका दलहरु मिलेर चुनाव लडे पनि कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा माओवादी केन्द्रकी उम्मेदवार पराजित भएकी थिइन् । यो विषयबारे माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले प्रश्न गर्न थालेपछि उनले सो विषयमा बैठकमा आफ्नो धारणा राखेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>