Breaking News

एमाले चितवनको दुई महिने अभियान सुरु हुँदै, विकास निर्माण र सेवा प्रवाहको अनुगमन गरिने

Banner

चितवन, माघ २८–

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनतासँग एमाले अभियान सञ्चालन गर्ने भएको छ ।

एमाले चितवनको आज बसेको जिल्ला कमिटी बैठकले नागरिकको गुनासाहरुको सम्बोधन गर्न सबै पालिका र वडाहरूमा ‘जनतासँग एमाले’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार अभियानमा सबै पालिका, वडा र टोल तहलाई समावेश गरिनेछ । उनले पार्टीको टोल टोलमा हुने भेला गर्दे नागरिकका समस्या र गुनासोबारे वृहतरुपमा  छलफल चलाइने बताए । अध्यक्ष न्यौपानेले भने, ‘ अभियानमा सरकारी कार्यालयहरुको सेवा प्रवाह, विकास निर्माणका कार्यहरु र जनताको सन्तुष्टिको बारेमा छलफल गरिने छ । जनताको गुनासोको सम्बोधन गर्न यो अभियान सञ्चालन गर्न लागिएको हो ।’ फागुन र चैत महिनामा चल्ने अभियानलाई केन्द्रीय कमिटीले अनुगमन गर्नेछ भने प्रदेश र जिल्ला कमिटी तहका नेताहरु परिचालित हुनेछन् । यसले पार्टी संगठनलाई बलियो बनाउनुको साथै नागरिकसँगको सम्बन्ध बलियो हुने एमालेको विश्वास छ ।

एमाले चितवनका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको पार्टीको बैठकमा एमाले केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे, एमाले जिल्ला इन्चार्ज एवम् पोलिटब्युरो सदस्य पार्वत गुरुङ, पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्यहरू जेएन थपलिया, प्रभा बराल, यमबहादुर परियार, प्रदेश उपाध्यक्ष दावा लामा, संविधान सभा सदस्य एवम् पूर्व पार्टी अध्यक्ष कृष्णभक्त पोख्रेललगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>