चितवन विशेष

चितवनका कलाकारको अभिनय रहेको गुरुङ चलचित्र ‘मि–थो’ को फागुन १२ गते प्रदर्शन हुने

Banner

चितवन, माघ २८-

गुरुङ मातृभाषामा निर्माण गरिएको चलचित्र ‘मि–थो’ (खुला आँखा) चितवनमा प्रदर्शन हुने भएको छ ।

तमू प्ये ल्हु संघ चितवनको संयोजनमा उक्त चलचित्रको चितवनमा प्रदर्शन हुन लागेको हो ।

चितवनकै गुरुङ चलचित्रका कलाकार अमिर गुरुङ ‘बन्दिपुरे ठागु’को समेत अभिनय रहेको चलचित्र यही फागुन १२ गते इन्द्रदेव चलचित्र मन्दिर नारायणगढमा प्रदर्शन गर्न लागिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिए । चलचित्र हेर्नको लागि ३०० र ५०० रुपैयाँको टिकट व्यवस्था गरिएको उनले बताए ।

स्टार स्टुडियो प्राइभेट लिमिटेडको व्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता शंकर गुरुङ (बतासे) हुन् भने उनैले चलचित्रको कथा, पटकथा र संवाद लेखेका छन् । यस्तै चलचित्रको निर्देशन राजबहादुर गुरुङ (राजेश)ले गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>