देश/प्रदेश
मुलुक बचाउने उपाय संसदीय व्यवस्थाको अन्त्य र मृत्युदण्डको व्यवस्था होः डा. सुन्दरमणि दीक्षित

काठमाडौं, माघ २७ –
नागरिकअभियन्ता डा.सुन्दरमणि दीक्षितले कानूनमा मृत्युदण्डको व्यवस्था अनिवार्य हुँदै गएको बताएका छन् ।
आज (शनिबार) रिपोर्टर्स क्लबमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनल भ्रष्टाचार नियन्त्रण गर्न मृत्युदण्डको व्यवस्था गर्नुपर्ने र त्यसले गर्दा भ्रष्टाचार गर्न व्यक्ति डराउने बताएका हुन् ।
सरकारले देश र जनताको पक्षमा भन्दा पनि आफ्नो लागि मात्रै काम गरिरहेको उनको दाबी छ । डा. दीक्षितले भुटानी शरणार्थी प्रकरणमा पनि निश्पक्ष छानबिन नभएको भन्दै आक्रोश पोखे । अहिलेको सरकारले एउटा फाइल खोल्ने र त्यसलाई केही समयपछि अर्को फाइल खोलेर ओभरल्यापिङ गरिरहेको बताए । सरकारले सुरू गरेको भ्रष्टाचार विरोधी काम अहिलेसम्म कुनै पनि निष्कर्षमा नपुगेको उनको दाबी छ ।
संसदीयव्यवस्थामा पैसा, गुण्डागर्दीको भरमाचुनावजित्ने प्रवृत्ति रहेको उनको भनाइ छ । संसदीयव्यवस्था नै गलतभएको उनको दाबी छ । नेपालको परिवेशमा संसदीयव्यवस्था नसुहाउने उनको दाबी छ । लोकतन्त्रमाअहिले ‘म’तन्त्रको हाबी भइरहेको उनको दाबी छ । भ्रष्टाचार अन्त्यगर्नकालागि संसदीय व्यवस्थाको अन्त्य र मृत्युदण्डको व्यवस्था गरिएको कानुन ल्याउनुपर्ने उनले बताए ।
गगन थापा जस्तो नेताले समेत भ्रष्टाचारविरुद्धको अभियानमा केही गर्न नसकेको उनको दाबी छ । उनले गगनले संसद्मा र पार्टीका विभिन्न फोरमहरुमा भ्रष्टाचार विरुद्धमा बोलिरहेको भएपनिउनीभन्दामाथिल्ला नेताहरु भ्रष्ट भएकाकारण उनको भ्रष्टाचार विरोधी आवाज सम्बोधन नभएको उनले बताए । कम्युनिस्ट पार्टीहरुले डेमोक्रेसी स्वीकार नगरेको उनको भनाइ छ ।
जनताले दिएको मतकाआधारमा कांग्रेसले शासनगर्न पाउनुपर्नेमा अहिले माओवादीले नेतृत्वलिइरहेको भन्दै उनले त्यसलाई पनि भ्रष्टाचारको रुपमा लिनुपर्ने बताए । जनताको मतको कदर नहुनु पनि भ्रष्टाचारको रूपमा लिनुपर्ने डा. दीक्षितको भनाइ छ ।
आफूहरुले भ्रष्टाचारको विरोध गर्दा प्रतिगामीको आरोप सहनु परेको उनले बताए । अहिलेका दलहरुकै कारण अहिले राजातिर लहर सुरुभएको उनले बताए ।
























