चितवन विशेष

नारायणी नदीमा एक पुरुषको शव फेला

Banner

चितवन, माघ २६-

भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।

बिहीवार दिउँसो १ः१५ बजे नारायणगढ पोखरा बसपार्क पछाडिपट्टि नारायणी नदीमा पहिचान नखुलेको पुरुष व्यक्ति मृत फेला परेका हुन् ।

अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति नदीमा घोप्टो परेको अवस्थामा मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । निज व्यक्तिको अनुहार सडे गलेको र चिन्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>