चितवन विशेष

चितवनमा आगामी शनिबार कवि शान्ति प्रियबन्दना गुञ्जने

Banner

चितवन, माघ २४-

मकवानपुरकी लोकप्रिय कवि शान्ति प्रियबन्दना आगामी शनिबार चितवनमा गुञ्जने भएकी छन् ।

‘चियासँग कविता’ श्रृङ्खलाअन्र्तगतको स्वर्ण कार्यक्रममा बन्दनाले आफ्ना झण्डै एक दर्जन लोकप्रिय कविता वाचन गर्न लागेकी हुन् ।
नारीवादी र विभिन्न सामाजिक मुद्दाहरुमा आधुनिक गद्य कविता लेख्ने कवि प्रिय बन्दनाको ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ निकै लोकप्रिय कृति हो । त्यसबाहेक उनका फुटकर कविता विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् ।

हेटौंडाकी स्थायी निवासी प्रियवन्दना नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (पद्य) विभाग सदस्य तथा प्रलेस केन्द्रीय सचिवालय सदस्य पनि छन् । उनी साहित्य लेखनसँगै तिहार तथा विभिन्न कार्यक्रम लक्षित गरी सयपत्री फूल खेती गरेर पनि हेटौंडामा चर्चित रहँदै आएकी छन् । उनले भरतपुरको होटल गुलमोहरको प्रेक्षालयमा अगामी शनिबार बिहान आफ्ना कविताहरु प्रस्तुत गर्दै छन् ।

चितवनमा कोरोना महामारी अगाडिदेखि सुरु भएको ‘चियासँग कविता’ श्रृंखलाले ५० औं स्वर्ण कार्यक्रम मनाउने गरी तयारी गरेको कवि भूपिन खड्काले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘कोरोनाका कारणले रोकिएको श्रृंखलालाई फेरि सफलरुपमा सञ्चालन गर्न चाहन्छौं ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>