राजनीति

संघीयता बोक्नेहरूलाई पनि प्रदेश घाँडो भएको छः चित्रबहादुर केसी

Banner

काठमाडौँ, माघ २४-

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरूका लागि नै प्रदेश घाँडो भएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले जनमोर्चाले सुरूवातदेखि नै प्रदेश आवश्यक नरहेको बताउँदै आएको र अहिले संघीयता बोक्नेहरूका लागि पनि प्रदेश घाँडो भएको बताएका हुन् ।

उनले नेपालजत्तिको सानो अर्थतन्त्र भएको मुलुकमा संघ र स्थानीय तहमात्रै भए पुग्ने बताए । ‘संघ भएपछि प्रदेश किन चाहियो । राजनीतिक दलका पार्टी र कार्यकर्तालाई थन्क्याउन ठाउँ त भा’छ । यसले मुलुकको अर्थतन्त्र चौपट छ,’ उनले भने, ‘प्रदेशको औचित्य छैन भनेर राष्ट्रिय जनमोर्चाले राख्यो । तर अहिले सबैका मनमा बिजाएको छ । प्रदेश घाँडो भएको छ । संघीयता बोक्नेहरुलाई पनि अहिले प्रदेश घाँडो भाछ ।’ उनले सांसदहरू विकासका एजेन्ट भएको बताए । ‘एकातिर हाम्रो काम नियम कानुन बनाउने । अर्कोतिर विकासका कामका ठेक्कापट्टा । त्यसकारण व्यवहारमा लागू भाछैन । नियम कानुन मात्रै बनाउने हो हाम्रो काम त्यसमा विचार गर्नुपर्छ,’ उनले भने ।

 

उनले सांसदहरूको व्यवहारका कारण पनि नागरिकहरूमा वितृष्णा पैदा भएको बताए । देशमा केही हुन्न भनेर विदेशिएका युवाहरू स्वदेश नफर्किने केसीले बताए । त्यसले गर्दा भ्रष्टाचार नियन्त्रण हुने भन्दै केसीले ब्यंग्य गरे।

‘सबका सब छोराछोरी क्यानडा, अमेरिका, अष्ट्रेलिया । हामीले अब घुस खान पनि किन पर्दैन भने हामीले त्यता पठाएका छोराछोरी यता आउँदैनन ्। छोराछोरीका लागि हो भ्रष्टाचार गर्नुपर्ने, घुस खानुपर्ने,’ उनले भने, ‘त्यसमा चाहीँ हामीलाई सजिलो भएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>