देश/प्रदेश

गठबन्धनका नेताले सत्ता बाहेक बाँकी सत्य देख्दैनन्ः कांग्रेस नेता रिजाल

Banner

काठमाडौं, माघ २३-

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले सत्तारूढ गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेकको काम गर्न नसक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता रिजालले ‘जय नेपाल’ भनेको ’लाल सलाम’ र ’लाल सलाम’ भनेको ’जय नेपाल’ भएको नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आश गर्न नसकिने बताए ।

उनले अहिलेको गठबन्धनमा पाँच वर्षको सम्झौता भएको भन्दै एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नुबाहेकको नयाँ काम हुन नसक्ने जीकिर गरे । उनले गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य नदेखेको पनि बताए ।

‘ओनसरी घर्ती भनेको मीनेन्द्र रिजाल हो, मीनेन्द्र रिजाल भनेको घनश्याम भुसाल हो भनेर चुनाव लडेर बनाएको गठबन्धन हो । अब हामीले पाँच वर्षका लागि सम्झौता गरेका छौँ । पृथ्वीसुब्बा गुरुङले झुक्याउन, फकाउन, लोभ्याउन सक्नुभएन भने प्रधानमन्त्री फेरेको फे¥यै गर्छौं बाँकी काम गर्नुपरेन’, उनले भने । नेता रिजालले निर्वाचन प्रणाली नबदलेसम्म गठबन्धन बनिरहने पनि ठोकुवा गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>