अन्तर्राष्ट्रिय

बेलायतका राजा चार्ल्सलाई क्यान्सर भएपछि उपचार सुरु

०
Banner

लन्डन, माघ २३-

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको छ। संवैधानिक कामकारबाही नरोक्ने गरी उनले सार्वजनिक कामलाई स्थगित गरेका थिए।

सोमबारदेखि राजा चार्ल्सको स्वास्थ्य परीक्षण सुरू गरिएको थियो। बिबिसीले बकिमहम प्यालेसलाई उदृत गर्दै लेखेको समाचारअनुसार राजा चार्ल्सलाई क्यान्सर देखिएको छ। ७५ वर्षीय राजा चार्ल्सलाई कुन प्रकारको क्यान्सर लागेको भन्ने खुलेको छैन।

हालै उनको प्रोस्टेटको उपचार गराइएको थियो, जसक्रममा क्यान्सर भएको देखिएको थियो। यद्यपी प्रोस्टेट क्यान्सर नभएको बिबिसीले जनाएको छ। उनको लन्डन अस्पतालमा उपचार गराइएको थियो।

प्यालेसले विज्ञप्ति जारी गरी राजालाई क्यान्सर भएको जानकारी दिए पनि अन्य विवरण सार्वजनिक गरेको छैन। क्यान्सरबारे चार्ल्स आफैंले आफ्ना दुवै छोरालाई जानकारी गराएका थिए। अमेरिकामा रहेका राजकुमार ह्यारी उक्त खबरपछि बेलायत फर्किने लागेका छन्। वेल्सका राजकुमार विलियम्सले आफ्ना बुवासँग निरन्तर कुराकानी गरिरहेको बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>