अन्तर्राष्ट्रिय

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर

०
Banner

बेलायत, माघ २३–

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सरको पुष्टि भएको छ । क्यान्सर पुष्टि भएसँगै चार्ल्सको उपचार सुरु भएको बकिंघम प्यालेसले जनाएको छ । चार्ल्सको प्रोस्टेट उपचारका क्रममा क्यान्सर पत्ता लागेको हो ।

चार्ल्सलाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्ने चाही दरबारले खुलाएको छैन । ७५ वर्षीय राजा आफ्नो उपचारप्रति पूर्ण रुपमा सकारात्मक रहेको र जतिसक्दो चाँडो पूर्ण सार्वजनिक कर्तव्यमा फर्कन आतुर रहेको दरबारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सकहरुले चार्ल्सलाई सार्वजनिक कार्यक्रम स्थगित गर्न सल्लाह दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>