चितवन विशेष
चितवनमा एक भाले गैँडा मृत फेला
०

चितवन, माघ २२-
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत भेटिएको छ। वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक वनको क्षेत्रमा गैंडा मृत भेटिएको हो। होटल जंगल भिल्ला नजिकै राप्ती नदीको किनारमा सोमबार दिउसो शरीरमा चोट लागेको अवस्थाको मृत गैंडा भेटिएको चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले अर्को गैंडासँग जुधेर गैंडा मरेको हुनसक्ने बताउनुभयो ।
‘३० वर्ष माथिको भाले गैंडा रहेछ। शरीरमा लागेको चोटहरू हेर्दा जुधेर मृत्यु भएको अनुमान गरेका छौं,’ तिवारीले भन्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























