कर्पोरेट

ग्लोबल आइएमई बैँकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

Banner

चितवन, माघ २२-

ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकलाई दराज अनलाइन मार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ ।

फेब्रुअरी ५ देखि अप्रिल ३०सम्म (तीन महिना) सञ्चालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरेमा सो छुट पाउने भएका ह्न् ।

बैँकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बैँकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा ५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ७५० रुपैयाँसम्म छुट पाउने जनाएको छ ।

ग्लोबल आइएमई बैँकले दराजअनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुटकोे अनुभव सुनिश्चित गर्दै आएको जनाएको छ । यसरी बैंकले ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैँकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५६ शाखाकार्यालय, ३७८ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिकप्रतिनिधिकार्यालय समेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको जनाइएको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको बैँकको दाबी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>