कृषि

नेपाल किसान महासंघको केन्द्रीय सल्लाहकारमा चितवनका घनश्याम दवाडी

Banner

चितवन, माघ २२-

नेपाली कांग्रेसको भातृसंगठन नेपाल किसान महासंघको केन्द्रीय सल्लाहकारमा चितवनका घनश्याम दवाडी (रमेश) चयन भएका छन् ।
महासंघले आइतबार दवाडीलाई अर्थशास्त्रीको रुपमा महासंघको सल्लाहकार समितिमा चयन गरेको हो ।

महासंघका निवर्तमान अध्यक्ष भानु सिग्देलको अध्यक्षतामा उनीसँगै कृषि विज्ञहरुसहित देशभरबाट ११ जना चयन भएका छन् ।

भरतपुर महानगरपालिका–२१ का स्थायी बासिन्दा दवाडी त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गर्दै छन् । लमजुङको विचौरबाट प्रारम्भिक शिक्षा लिएका दवाडीले प्रविणता प्रमाणपत्र तह र स्नातक तह भरतपुरको वीरेन्द्र क्याम्पसबाट पूरा गरेका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेपछि काठमाडौँको आरआर क्याम्पसमा अर्थशास्त्र विषय प्राध्यापन गर्दै आएका छन् । गत स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट आकांक्षा देखाएका उनी विद्यालय जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए । २०४६ सालको आन्दोलनमा तीन महिना जेल जीवन बिताएका उनी नेपाली विद्यार्थी संघदेखि पार्टीका विभिन्न विभागमा रहेर काम गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>