चितवन विशेष

चितवनका समाजसेवी टंकनाथ पौडेललाई मानार्थ पीएचडीको उपाधि

Banner

चितवन, माघ २१-

चितवनका समाजसेवी टंकनाथ पौडेललाई मानार्थ पीएचडीको उपाधि प्रदान गरिएको छ ।

भारतको महाराष्ट्र मुम्बईमा पौडेललाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको हो । उनलाई सामाजिक सेवामा योगदान दिएको भन्दै सो उपाधि प्रदान गरिएको छ ।

देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेल मैयादेवी कन्या कलेजमा अध्यक्ष तथा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका सल्लाहकार पनि हुन् । मैयादेवी कन्या कलेजका सहायक क्याम्पस प्रमुख तेजप्रसाद पौडेलले उनको सामाजिक सेवा र योगदानको आधारमा सम्मानार्थ पीएचडीको उपाधि प्रदान गरिएको बताएका छन् । उनी विभिन्न धार्मिक र शैक्षिक गरी एक दर्जन संघसंस्थामा आवद्ध रहेका छन् ।
भरतपुर क्षेत्रपुरका स्थायी बासिन्दा पौडेल चितवनका सामाजिक संघसंस्थामा बिगत तीन दशकदेखि सक्रिय भूमिका खेल्दै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>