चितवन विशेष

भरतपुरको एपेक्स एकेडेमीमा भएको शैक्षिक प्रदर्शनीमा उत्कृष्ट विद्यार्थी सम्मानित

Banner

चितवन, माघ २०-

भरतपुरको एपेक्स एकेडेमीले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।

एकेडेमीमा अध्ययन गरेर कक्षा १२ मा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई शनिबारसम्मान गरेको हो ।

त्यस्तै गरी विद्यालयले अध्ययनका अतिरिक्त खेलकुदमा राम्रो गरेका विद्यार्थीलाई पनि कार्यक्रममा सम्मान गरेको छ । साथै विद्यालयमा विज्ञान संकाय तर्फका विद्यार्थीले विभिन्न प्रदर्शनी र होटल व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीले फुड फेष्टिबल गरेका छन् ।

विद्यालयमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाका शिक्षा महाशाखाका माध्यमिक विद्यालय निरीक्षक ऋषिराम शर्माले शैक्षिकसँगै खेलकुदमा समेत राम्रो गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने एपेक्सलाई धन्यवाद दिए । उनले प्रतिस्पर्धी समयमा विद्यार्थीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिनुपर्ने बताए । उनले भरतपुर महानगर भित्रका विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुदै जानुमा यहाँ अध्यापन गर्ने प्राध्यापकको मेहनत भएको बताए ।

कार्यक्रममा विद्यालयका तर्फबाट प्राध्यापक रामेश्वर आचार्य, अभिभावक जुना श्रेष्ठ, सम्मानित विद्यार्थी ओसिन खानले मन्तव्य राखेका छन् । कार्यक्रम विद्यालयका अध्यक्ष रामचन्द्र पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>