Uncategorized

बहुमत पाएर पनि देशमा सुशासन र परिवर्तन दिन सकेनौँ भने राजनीति गर्दैनौं: रवि

Banner

बुटवल, माघ २०-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका अधिकांश नेता जेल पर्ने दावी गरेका छन् । अर्घाखाँचीको सन्धिखर्कमा शनिबार पार्टीले गरेको आमसभालाई सम्बोधन गर्दै लामिछानेले नेपालमा राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका अधिकांश नेता जेल पर्ने दावी गरेका हुन् ।

‘छातीमा आँट भएको मान्छेले अनुसन्धान गर्ने हो भने औंलामा गन्न मिल्ने नेता पनि बच्दैनन् यो देशमा म तपाईंलाई ग्यारेन्टीका साथ भन्न चाहन्छु’, रविले भने । अब हुने चुनावमा रास्वपालाई वहुमत दिएमा देशलाई एक नम्बर बनाउने दावी गर्दै उनले बनाउन नसके राजनीति नगर्ने बताए ।

‘हामी र्‍याल सिंगान चुहिन्जेल राजनीति गर्दैनौं, अब एक कार्यकाल एक्लै बहुमतका लागि जनतालाई अपिल गर्छौं, बहुमत पाएर पनि देशमा सुशासन र परिवर्तन दिन नसके राजनीति गर्दैनौं’, लामिछानेले भने, ‘दुई कार्यकाल मात्र राजनीति गर्ने हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>