राजनीति

केही नयाँ काम अघि बढाइने छन्: मुख्य सचेतक पाण्डे

Banner

काठमाडौँ, माघ २०-

नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेले आगामी अधिवेशनमा कार्यतालिका बनाएर काम गर्नेलगायत दुई चार वटा मुद्दालाई प्रखररुपमा अघि बढाइने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “संसद्बाट विधेयक पारित गर्ने गतिलाई तीव्रता दिन कार्यतालिका बनाएर कामलाई प्रभावकारी बनाउनु पर्छ । सत्यनिरुपण तथा मेलमिलाप, सम्पत्ति शुद्धीकरण, शिक्षा र प्रदेश प्रहरी समायोजनसहितका विधेयकलाई यसै अधिवेशनमा निष्कर्षमा पुर्‍याउन पर्नेछ ।”

मुख्य सचेतक पाण्डेले प्रधानमन्त्रीबाट भएको निर्देशन भएअनुरुप बजेटमा जनप्रतिनिधिका आवाज र भावनालाई समाहित गर्ने सन्दर्भमा अध्यादेश जारी भइसकेकाले अबको बजेट कस्तो हुनुपर्छ भन्नेमा यसै अधिवेशनमा छलफल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “समग्रमा सदनले विधेयक पारित गर्ने गति बढाउनुपर्छ । सरकारले सुशासनको पक्षलाई महत्व दिएको छ । जनतालाई सकारात्मक सन्देश प्रवाह भइरहेको छ ।”

वैदेशिक रोजगारीमा जाने युवा विद्यार्थीको सङ्ख्या बढिरहेकामा गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद पाण्डेले भन्नुभयो, “यस्ता विषय नीतिगतरुपमा सुल्झाउनुछ । अर्कोलाई दोष मात्रै लगाउने प्रवृत्ति सही होइन । सामान्य विषयवस्तुमा पनि सदन रोक्ने र अवरोध गर्ने प्रवृत्ति गलत छ, त्यसमा सुधार गर्नुपर्छ ।”

नेपाली काग्रेस संसदीय दलकी सचेतक सुशीला थिङले संविधान र सङ्घीयता कार्यान्वयनसँग अत्यावश्यक मानिएका विधेयकलाई निष्कर्षमा पु¥याउने, सांसदको मागअनुरुप प्री बजेट छलफल गर्ने यस अधिवेशनका प्रमुख कार्यभार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “टिआरसीका सम्बन्धमा उपसमितिबाट केही विषयवस्तु बाँकी राखेर अघि बढाएको छ”, समितिको पूर्ण बैठकमा छलफल गरी सदनमा पढाइने छ, यस अधिवेशनमा हुने प्री बजेट छलफलले नयाँ सन्देश प्रवाह गर्नेछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>