कर्पोरेट

चितवनमा भएको यामाहा कम्पनीको राइड आउटमा ३७ जना सहभागी

Banner

चितवन, माघ १५-

चितवनमा भएको यामाहा कम्पनीको राइड आउट कार्यक्रम भएको छ ।

नारायणगढ चितवन तथा नवलपरासी को लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता नविन अटो सेन्टरले सो राइड आउट कार्यक्रम गरेको हो ।

३७ जना सहभागी राईड आउट कार्यक्रम यामाहा शो–रुम नारायणगढबाट सुरु भई सहिदचोक, पुल्चोक, कमलनगर,बेलचोक,धर्मचोक,टाइगरचोक,हाकिमचोक,बाईपास, मालपोतचोक, क्षेत्रपुर, बालकुमारी चोक, मेनरोड नारायणगढ हँुदै विभिन्न ठाउँ परिक्रमा गरी कविलास रिसोर्टमा सम्पन्न भएको थियो ।

कार्यक्रममा सहभागीबीच नाचगान सहित विभिन्न बिधाका रमाइलो खेलकुद प्रश्न–उतर समावेश गरिएको थियो । कार्यक्रममा यामाहा शो–रुम नारायणगढका प्रबन्ध निर्देशक कपिलसागर कर्माचार्य, मोरङ अटो वक्र्सका रिजनल सेल्स म्यानेजर राम बोगटी ,एरिया सेल्स म्यानेजर मणि भुसन चौधरी नारायणगढ शो–रुमका म्यानेजर राजु स्वर्णकारलगायतले विभिन्न विधामा विजेता सहभागीलाई पुरस्कार बितरण गरेका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>