Breaking News

दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्रलाई ओलीको जवाफः दीपेन्द्रको प्रेम कहानी वाहियात कुरा

Banner

काठमाडौं, माघ १४-

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दरबार हत्याकाण्डमा भयानक षड्यन्त्र रहेको दाबी गरेका छन् ।

ओलीले आज आफूले अभिनय गर्ने फिल्म ‘नमेटिने घाउ’ को पत्रकार सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्रको दाबीलाई खण्डन गर्दैै हत्याकाण्डको जाँचबुझ आयोगले मुख्य जिम्मेवार ठह¥याएका दीपेन्द्रलाई उनले ‘विचरा’ को संज्ञा दिएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रले हत्याकाण्डमा भ्रम फैलाएर आफूहरूलाई आरोपित गरिएको भनेर गुनासो गरेको विषयमा पत्रकारले ओलीको प्रतिक्रिया मागेका थिए । ओलीले जवाफ दिए, ‘दरबार हत्याकाण्ड राजनीतिक दलहरूले गरेको होइन । यति भन्न सकिन्छ विचरा दीपेन्द्र ! नेपालीहरूले विवेक गुमाउनु हुँदैन । दीपेन्द्र आफैँ मरेर मरेपछि हान्यो ? एउटा राजा हुन लागेको मान्छे त्यसरी मर्छ ? अगाडि–पछाडिबाट उसैले गोली हान्छ, ३–३ वटा राइफल एउटा पेस्तोल एकैजनाले बोकेर कुद्छ, यस्तो कुरा पनि पत्याउने ?’

ओलीले थपे, ‘१९ गतेको घटना, २६ गते जाँचबुझ आयोग जाँदा पानी परिरहेको थियो । त्योबेला एउटा ओभानो टोपी दीपेन्द्र मारिएको भनिएको पोखरी छेउमा तैरिरहेको थियो । ५÷७ दिनदेखि पानी परिरहेको थियो । दीपेन्द्रको टोपी डुबेको पनि छैन, भिजेको पनि छैन । त्यस्तो पनि नाटक हुन्छ ? दीपेन्द्रको प्रेम कहानी भनेर यस्ता वाहियात कुराको पछाडि कुद्न हुन्छ ? त्यो भयानक षड्यन्त्र थियो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था फर्काउने भनेर सुरू गर्न लागेको आन्दोलनका विषयमा पनि ओलीलाई सोधिएको थियो । उनले यसलाई आफ्नो अस्तित्व देखाउनका लागि गरिएको गतिविधिको संज्ञा दिए । ‘राजसंस्था कता फर्काउने ? लेफ्ट राइट पूर्व–पश्चिम अगाडि–पछाडि कता ? लुटको राज्य सम्झिएर यसो मुख मिठ्याउने कुरामात्र हो । सिरियस विषय होइन’, उनले भने, ‘आफ्नो अस्तित्व देखाउनलाई कोही पूर्वपश्चिम अभियान भनेर हिँड्दैछन् । कोही आन्दोलनका कुरा गर्छन् । कोही नारायणघाट–बुटवल पैदल यात्रा गरेँ भन्थे, गरे होलान् । यो सबै आफ्नो अस्तित्व रक्षाको कुरा हो । राजतन्त्रसँग सरोकार होइन । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>