चितवन विशेष

चितवनमा बनेपाका साहित्यकार दुवाल माघ १६ गते सहिद दिवसमा पुरस्कृत हुँदै

Banner

चितवन, माघ १०-

चितवनमा बनेपा काभ्रेका प्रगतिशिल साहित्यकार मोहन दुवाल पुरस्कृत हुने भएका छन् ।

दुवाललाई चितवनको ‘हाम्रो सिर्जना’ साहित्यिक पत्रिकाद्वारा स्थापित सहिद  दशरथ चन्द स्मृति पुरस्कार प्रदान गर्न लागिएको हो ।

१५ हजार रुपैयाँको सो पुरस्कार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले हस्तान्तरण गर्ने ‘हाम्रो सिर्जना’ साहित्यिक मासिक पत्रिकाका सम्पादक डीआर पोखरेलले नारायणी अनलाइनलाई जानकारी दिएका छन् ।

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा लामोसमयसम्म प्राध्यापन गरेका स्वर्गीय प्राध्यापक आनन्ददेव भट्ट र उनकी धर्मपत्नी सुशिला भट्टले अक्षयकोष स्थापना गरी त्ससको ब्याजबाट २०६९ सालदेखि सो पुरस्कार प्रदान गरिँदै आएको छ । दुवाल सो पुरस्कार प्राप्त गर्ने आठौं स्रष्टा हुन् । यसअघि प्रा. डा रविलाल अधिकारी, बुँद राना, चुडामणि रेग्मी, हरिहर खनाल, सूर्यसेन ओली, प्रा. डा राजेश गौतम र भुवनचन्द ठकुरीले सो पुरस्कार प्राप्त गरिसकेका छन् ।

पुरस्कृत हुने स्रष्टा दुवाल ‘जनमत’ साहित्यिक पत्रिकाका सम्पादक हुन् । बनेपा निवासी दुवाल साहित्यिक पत्रकार संघका केन्द्रीय अध्यक्ष पनि रहेका छन् । दुवालले आफ्नो ‘जनमत’ मासिक पत्रिकाको ११७ औं देखि १३७ औं अंकसम्म सहिद शुक्रराज शास्त्रीद्वारा लिखित पुस्तक ‘स्वर्गको दरबार’ लाई धाराबाहिकरुपमा प्रस्तुत गरेका थिए । सहिदको विषयमा कृति लेख्ने व्यक्तिलाई यो पुस्कार प्रदान गर्ने गरिएको ‘हाम्रो सिर्जना’ का सम्पादक पोखरेलले जानकारी दिए । यो पत्रिका २०६२ सालबाट चितवनमा निरन्तर प्रकाशित भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>